Section 4D
बोर्डको पदाधिकारीको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त र सुविधा
(१) बोर्डको अध्यक्ष बोर्डको पूर्णकालीन काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) बोर्डको सदस्य–सचिव बोर्डको पूर्णकालीन काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।
(३) बोर्डको अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।
(४) बोर्डको अध्यक्ष तथा सदस्य–सचिवको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(५) बोर्डको अध्यक्ष, उपाध्यक्ष, सदस्य र सदस्य–सचिवले बोर्डको बैठकमा भाग लिए बापत् अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिमको बैठक भत्ता पाउने छन् ।